राष्ट्रियसभा चुनावमा ९५.६८ प्रतिशत मत खस्यो

राष्ट्रियसभा चुनावमा ९५.६८ प्रतिशत मत खस्यो

राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशको दुई सिटका लागि आज पोखरामा भएको मतदानपछि मतगणना सुरू गरिँदै। तस्बिरः कृष्ण दवाडी/रासस

काठमाण्डाै – आज भएको राष्ट्रियसभा सदस्य चुनावमा ९५ दशमलव ६८ प्रतिशत मत खसेको छ । सातै प्रदेशमा गरि ९५ दशमलव ६८ प्रतिशत मत खसेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोशीमा ३ सय ४५ जना, मधेशमा ३ सय ४१ जना, बाग्मतीमा ३ सय १८ जना, गण्डकीमा २ सय २३ जना, लुम्बिनीमा २ सय ८६ जना, कर्णालीमा १ सय १९ जना र सुदूरपश्चिममा २ सय २० जनाले मतदान गरेका हुन् ।

राष्ट्रियसभा चुनावमा प्रदेशसभा सदस्य, पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष मतदाता रहने व्यवस्था छ । आज विशेषगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित जनप्रतिनिधिहरू मतदानमा सहभागी भएनन् ।

सबै प्रदेशमा आजै मतगणना हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, माघ ११ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij