आजको मौसम: आज छिटफुट वर्षा संगै हिमपात देशभर मौसम बदली रहने

आजको मौसम: आज छिटफुट वर्षा संगै हिमपात देशभर मौसम बदली रहने

काठमाडौँ , पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ।

बुधबार दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू‍भागमा पूर्णतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी पहाडी र तराईका भूभागमा साधरणतया बादल लाग्नेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातसहित वर्षाको सम्भावना छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भूभागका केही स्थानहरूमा मध्यम वर्षा तथा बागमती, मधेश र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र कोशी प्रदेशको तराईको एकदुई स्थानमा हल्का वर्षाको सम्भावनाछ । राति देशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : बुधबार, माघ १४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij