रुपन्देही २ मा काङ्ग्रेसको ८५६५ सदस्यीय मुल निर्वाचन समिती गठन

रुपन्देही २ मा काङ्ग्रेसको ८५६५ सदस्यीय मुल निर्वाचन समिती गठन

 

बुटवल । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही २ बाट नेपाली काङ्ग्रेसका उम्मेदवार चुन्न प्रसाद पौडेलको निर्वाचनका लागि ८ हजार ५६५ सदस्यीय मुल निर्वाचन समिति गठन भएको छ।निर्वाचन परिचालन समितिको कार्यालयको उद्घाटन समारोहमा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरिको नेतृत्वमा ८५६५ सदस्यीय मुल निर्वाचन समिती गठन गरिएको हो।

मुल समिति घोषणा गर्दै केन्द्रिय सदस्य राम बहादुर कार्कीले क्षेत्रीय सभापति गिरीको नेतृत्वमा ३२ वटा बिभिन्न उपसमिती सहित मुल निर्वाचन समिती गठन गरिएको बताउँदै अब कांग्रेस एकजुट भएको बताए ।

उनले सपना बाढ्नेहरु तथा आश्वासन गर्नेहरुलाई उनीहरुको हैसियत देखिने बेला आएको बताए । उनले लुम्बिनी प्रदेशको राजधानी सार्न सहयोग गर्ने भन्दै उनको पार्टिको अध्यक्षले नै भनेका ब्यक्ति मत माग्न आएमा राजधानी गएर भोट माग्न जानुस भन्न नेता कार्यकर्तालाई आग्रह गरे ।

रुपन्देही–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार चुन्नप्रसाद पौडेलले निर्वाचनमा लोभ–लालच देखाउने प्रवृत्तिको आलोचना गर्दै खानेपानी, रेल र जहाजजस्ता अव्यावहारिक आश्वासनबाट टाढा रहन आग्रह गरे। नेपाली कांग्रेस संघर्षको गर्भबाट जन्मिएको पार्टी भएको भन्दै २००७ सालदेखि आजसम्मका सबै राजनीतिक परिवर्तन कांग्रेसकै नेतृत्वमा भएको उनले बताए।

पौडेलले चुनावी प्रचारका क्रममा गालीगलौज नगरी सबैलाई दाजुभाइको रूपमा लिएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। “नेपाली कांग्रेस कसैलाई गाली गर्दैन, सबैलाई साथमा लिएर अघि बढ्छ,” उनले भने। गाली गरेर भोट नआउने उल्लेख गर्दै उनले सकारात्मक प्रचारमा जोड दिए।

उनले पूर्व नगर प्रमुख तथा नेता सूर्यप्रसाद प्रधान र पूर्व मन्त्री बालकृष्ण खाँडले यस क्षेत्रमा गरेका विकास निर्माणका कामहरूलाई अझ प्रभावकारी रूपमा जनतामाझ लैजानुपर्ने बताए। उनीहरूले गरेका योगदानहरू ओझेलमा परेको भन्दै ती कामहरूको निरन्तरता र अनुसरण गर्दै अघि बढ्ने अहिलेको आवश्यकता रहेको पौडेलको भनाइ थियो। नेपाली कांग्रेसको इतिहासमा हरेक ठूला परिवर्तन कांग्रेसकै पालामा सम्भव भएको दाबी गर्दै पौडेलले यसपटक पनि जनताले कांग्रेसलाई विश्वास गर्ने दृढ विश्वास व्यक्त गरे।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति प्राजापाल गिरिले आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले जनताले खोजेको चरित्र र नेतृत्व भएको उम्मेदवार चुन्नप्रसाद पौडेललाई अघि सारेको बताएका छन्। उनले नेपाली कांग्रेसको ऐतिहासिक भूमिकाको स्मरण गर्दै वि.सं. २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा संविधान निर्माण सम्पन्न भएको उल्लेख गरे।

अघिल्ला चार सरकारले गर्न नसकेको ऐतिहासिक जिम्मेवारी कांग्रेसले पूरा गरेको भन्दै त्यसपछिका कांग्रेस नेतृत्वका सरकारहरू मुख्यतः निर्वाचन सम्पन्न गराउने दायित्वमा केन्द्रित रहेको उनको भनाइ थियो।सभापति गिरिले पछिल्ला सरकारहरूको असफल नीतिका कारण युवाहरू रोजगारीका लागि कतार, अमेरिका र युरोप पलायन हुन बाध्य भएकोप्रति दुःख व्यक्त गरे। अब यी सबै समस्याको समाधान गर्ने समय आएको भन्दै कांग्रेस त्यसतर्फ केन्द्रित हुने उनले बताए।

पार्टी एकताको सन्देश दिँदै उनले हाल नेपाली कांग्रेस “एक ढिक्का” भएर चुनावी मैदानमा उत्रिएको बताए। सिफारिस गरिएका नौ उम्मेदवारमध्ये जसले टिकट पाए पनि सबैले स्वीकार गरी जिताउने प्रतिबद्धता गरेको उनको भनाइ थियो। यसपटक कांग्रेसले आफ्नै प्रधानमन्त्रीको उम्मेदवारसहित १६५ वटै निर्वाचन क्षेत्रमा ‘रुख’ चिन्हमा भोट हाल्न पाउने वातावरण बनेको दाबीसमेत गरे।

सो अवसरमा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रकाश रानाले देशभर नै बहुमत ल्याउँदै पार्टि सभापति गगन थापाको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै जताततै रुखमा मतदान गर्न आग्रह गरे । लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक जमुना ढकालले कांग्रेसले बहुमत ल्याउनेगरि सबैले माहोल बनाउन लाग्नुपर्ने बताईन् ।

प्रकाशित मिति : शुक्रबार, माघ १६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij