स्थानीय तह निर्वाचनअघि १५औं महाधिवेशन हुन्छ : गगन थापा

स्थानीय तह निर्वाचनअघि १५औं महाधिवेशन हुन्छ : गगन थापा

स्थानीय तह निर्वाचनअघि १५औं महाधिवेशन हुन्छ : गगन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशससभा निर्वाचन अघि पार्टीको १५ औं महाधिवेशन हुने बताएका छन् ।

काठमाडौं–४ मा शनिबार चुनाव लक्षित एक कार्यक्रममा उनले आगामी निर्वाचनमा ‘प्राइमरी इलेक्सन’ मार्फत् वडाबाटै उम्मेदवार चुनिने पनि बताए ।‘अब नयाँ स्थानीय चुनावभन्दा, नयाँ प्रदेशको चुनावभन्दा अगाडि पार्टीको अधिवेशन भइसक्छ,’ सभापति थापाले भने, ‘र, नेपाली कांग्रेसको नयाँ अधिवेशनले पार्टीभित्र यि सबै कुराहरू, चुनावको उम्मेदवारको टिकट प्राइमरीबाट वडाका साथीहरूले छान्नुहुन्छ ।’

उनले अब कांग्रेसमा उम्मेदवारको टिकटका लागि आकांक्षी कसैले पनि सभापति र महामन्त्रीको घर धाउनु नपर्ने पनि जिकिर गरे । ‘अब कसैले पनि पार्टी सभापतिको घर धाउनु पर्दैन । कसैले पनि पार्टी महामन्त्रीको घर धाउनु पर्दैन,’ थापाले भने ।

सभापति थापाले कांग्रेसमा गुटबन्दीसँगै ६०–४० को भागबण्डाको पनि अन्त्य भएको बताए । ‘यो पार्टीमा कुनै गुट पनि छैन अब । यो पार्टीभित्र हिजोको जस्तो ६०–४० पनि सकियो,’ उनले भने, ‘यहाँ कुनै भागबण्डा छैन । कांग्रेसले पार्टीभित्र पनि भागबण्डा गर्दैन, बाहिर पनि गर्दैन । सबैलाई समान व्यवहार गर्ने गरीकन पार्टी चल्छ

प्रकाशित मिति : शनिबार, माघ १७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij