JanataToday.com

Advertisment

SKIP THIS

दक्षिण एसियाली खेलकुद बुधबारदेखि भलिबलका खेलहरु हुँदै

दक्षिण एसियाली खेलकुद बुधबारदेखि भलिबलका खेलहरु हुँदै

काठमाण्डाै – दक्षिण एसियाली खेलकुद अन्तर्गत काठमाण्डाैमा आउँदो बुधबारदेखि भलिबलका खेलहरु सञ्चालन हुँदैछन् ।

भारत, नेपाल र बंगलादेश एउटा समूहमा छन् भने पाकिस्तान श्रीलंका, माल्दिभ्स अर्को समूहमा छन् । दक्षिण एसियाली खेलकुद अन्तर्गत भलिबलमा भारतले आफ्नो वर्चश्व कायम गर्दै आएको भए पनि याे संस्करणमा पाकिस्तान बलियो देखिएको छ ।

जकार्तामा भएको एसियाली खेलकुदमा भारत पाकिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो । पहिलो सेटमा भारतले २५–२१ को जित निकालेपनि पछिल्ला तीन सेटमा पाकिस्तानले कमब्याक गरेको थियो । यस्तै तेहरानमा भएको एसियाली च्याम्पियनसिपमा पनि भारत पाकिस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो ।

प्रशिक्षक ड्रागन मिहाइलोभिचले भारतीय टिमको स्तरोन्नतीमा योगदान दिँदै आएका छन् । उनले आफ्नो पाँच महिने कार्यकालमा नै भारतलाई ओलम्पिक छनोटमा पुर्‍याएका थिए ।

तर पनि टिममा यू–२३ एसियाली च्याम्पियनसिपमा कास्य पदक जितेका खेलाडी छन् । प्रशिक्षकले यो पटक टिममा क्षमतावान युवा खेलाडीलाई बढी मौका दिनेछन् ।

प्रकाशित मिति : बिहिबार, मंसिर ५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij