नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो प्रतिज्ञापत्र फागुन २ गतेभित्र सार्वजनिक गर्ने

नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो प्रतिज्ञापत्र फागुन २ गतेभित्र सार्वजनिक गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो प्रतिज्ञापत्र फागुन २ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले बुधबार आज पत्रकारहरूसँग कुरा गर्दै ढिलोमा फागुन २ गतेसम्म प्रतिज्ञापत्र सार्वजनिक गरिने जानकारी दिए । उनका अनुसार प्रतिज्ञापत्र सार्वजनिक गर्ने प्राथमिक तयारी फागुन १ गतेकै लागि गरिएको छ । “हाम्रो तयारी फागुन १ गतेका लागि छ, ढिलोमा २ गते सार्वजनिक गर्छौँ,” उनले भने । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न मंगलबार निर्देशन दिएको थियो । सोही समयसीमालाई ध्यानमा राख्दै कांग्रेसले आफ्नो प्रतिज्ञापत्र अन्तिम चरणमा पुर्‍याएको जनाएको छ । कांग्रेसले यसपटक परम्परागत घोषणापत्रलाई ‘प्रतिज्ञापत्र’का रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ । पार्टीले उक्त दस्तावेजमार्फत निर्वाचनपछि कार्यान्वयन गर्नुपर्ने प्रमुख नीति तथा कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।

प्रकाशित मिति : बुधबार, माघ २८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij