JanataToday.com

Advertisment

SKIP THIS

कालापानी लिपुलेक लगायतको क्षेत्रमा भएको भारतिय हस्तक्षेपका विरुद्धमा क्षेत्री समाज द्धारा भैरहवामा प्रर्दशन

कालापानी लिपुलेक लगायतको क्षेत्रमा भएको भारतिय हस्तक्षेपका विरुद्धमा क्षेत्री समाज द्धारा भैरहवामा प्रर्दशन

बुटवल
हालै मात्र नेपालको कालापानी लगायतको क्षेत्र भारतबाट प्रकाशित नक्सा राखिएकोप्रति क्षत्री समाज नेपालले आफ्नो गम्भिर ध्यानकर्षण भएको जनाएको छ । भारतबाट प्रकाशित नक्सा राष्ट्रवादी नेपालीहरुलाई मान्य नभएकोले आपत्तिजनक विषय भएकै भन्दै समाजले भैरहवामा प्रदर्शन गरेको छ । क्षत्री समाज नेपालको केन्द्रीय निर्देशन अनुसार देशैभरीका ७७ वटै जिल्लामा प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत भैरहवामा प्रदर्शन गरिएको क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष गुप्त बहादुर क्षत्रीले बताउनुभयो ।
प्रदर्शनमा क्षत्री समाजका अगुवा तथा सहभागिहरुले कालापानी हाम्रै हो, लिपुलेक हाम्रै हो, सीमा सुरक्षा कायम गर, सीमा मिच्न पाइदैन लगायतका नारा लगाएको थिए ।विगत लामो समय देखि नेपाल र भारतकाबीचमा खासगरी तराई क्षेत्र र पश्चिमी क्षेत्रको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका भुभागमा भारतले सीमा अतिक्रमण गर्दै आएकोले दुई देशबीचको सुमधुर सम्बन्धमा भावनात्मक असर पारेको क्षत्रीले बताउनुभयो ।
लामो समय देखि भारतीयहरुबाट नेपाल भूभागहरुमाथि कब्जा जमाउने, नेपालहरुलाई आफ्नो घरवासबाट खेद्ने, सीमा क्षेत्रमा अग्ला बांधहरु ठ्डयाएर नेपाली भुभागलाई डुवानमा पार्ने कार्य अमानवीय तथा दुर्भाग्यपूर्ण रहेको उहाले बताउनुभयो ।
नेपाल सरकारले विज्ञप्ती जारी गरेर मात्र चुप लागेर बस्न नहुने क्षत्री समाज रुपन्देहीका सचिव नारायण बहादुर रायमाझीले बताउनुभयो ।
क्षत्री समाजले रुपन्देहीले अतिक्रमित भुमि समेटेर नेपालको आधिकारिक नक्सा प्रकाशन गर्न सरकारसंग आग्रह गरेको छ । समाजले यथाशिघ्र कुटनीतिक माध्यमबाट वार्ता गरी नेपालको भुभाग भारतीय नक्साबाट हटाउनुपर्ने माग गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । भारत सरकारको कदमप्रति घोर निन्दा तथा भ्रत्सना गर्दै समाजले समस्या समाधानमा सरकारले ढिलासुस्ती गरे जुनसुकै कदम उठाउन पछि नपर्ने चेतावनी समेत दिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पन्थले अतिक्रमित भुमि नेपालमै होस् भन्ने समाजले समसामयिक विषय उठाउनु राम्रो भएको बताउनुभयो । उहाले कुटनीतिक ढंगबाट सरकार समाधानतर्फ अगाडी बढ्ने बताउँदै क्षत्री समाजको ज्ञापनपत्र सम्बन्धित निकायमा पठाउने जानकारी दिनुभयो ।
ज्ञापनपत्र बुझाउन क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष विष्णु बहादुर कार्की, सचिव मधुकला कुंवर, केन्द्रीय सदस्य लेख बहादुर कार्की, पृथ बहादुर फौदार (पृथ्वी) लगायत जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

प्रकाशित मिति : बिहिबार, मंसिर ५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij