बुटवल
रुपन्देही क्षेत्र नं. २ का जेन–जी समुहका युवा विद्यार्थीहरुले काँग्रेस उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेललाई समर्थन गरेको छ ।
मंगलबार बुटवलमा भएको जेन–जी समुहका युवा विद्यार्थीहरुको भेलाले नीजि क्षेत्रबाट भएपनि यस क्षेत्रमा ठूलो संख्यामा रोजगारी सिर्जना गरेको र आफूहरुको समेत भावना समेट्न सक्ने भन्दै आफूहरुको समर्थन काँग्रेस उम्मेद्वार शर्मालाई रहेको बताएका हुन् ।
जेनजीको भेलामा बोल्दै नेपाली काँग्रेस क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार शर्माले जेन–जीले उठान गरेका मुद्धा आफ्नो पनि मुद्धा भएको बताउँदै ती मुद्धालाई निर्णायक बनाउने प्रतिवद्धता व्यक्त गरे ।
उनले विद्यार्थी र युवा नेतृत्वको महत्त्व र आगामी निर्वाचनमा सक्रिय भुमिका निभाउनुपर्ने कुरामा सहभागीहरूलाई आग्रह गरे ।
विद्यार्थी परिचालन संयोजक महेश पौडेलले अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूलाई पार्टीका नीति, विद्यार्थी संगठनसँगको समन्वय, र स्थानीय तहको विकाससँग सम्बन्धित कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रमको सञ्चालन नेपाल नेविसंघका केन्द्रिय सदस्य असोक गौतमले गरेका थिए भने निर्वाचन परिचालन समितिका सदस्य रोशन थापाले भने युवा र विद्यार्थीहरूलाई पार्टीको अभियानसँग प्रत्यक्ष जोड्ने र उनीहरूका विचार सुन्ने अवसर दिनु आफूहरुको प्राथमिकता भएको बताए ।
कार्यक्रममा डेढ सय बढी जेन–जी युवा विद्यार्थीको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन ५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्