JanataToday.com

Advertisment

SKIP THIS

सैनामैना नगरपालिकामा सडक सर्वे गर्न सुरु

सैनामैना नगरपालिकामा सडक सर्वे गर्न सुरु

सैनामैना ।
सैनामैना नगरपालिकामा सडक सर्वे गर्न सुरु भएको छ । पुर्व क्षेत्रिय निर्देशक दिपायल तथा एपिपिआईआईसिका प्रमुख गम्भीर श्रेष्ठको नेतृत्वमा सडक सर्वे सुरु भएको हो ।
सडक सर्वेका लागि रोड इन्जिनियरद्धय आशिष पौडेल, सुयोग्य के।सी र नगरपालिकाका योजना शाखा प्रमुख सुरज न्यौपाने लगायतको टोलीले हिजो देखी सर्वे सुरु गरेको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख चित्र बहादुर कार्कीले सर्वेक्षणबाट नगरमा रहेका विभिन्न सडकहरुको अवस्था थाहा हुनुका साथै सडकमा गर्नुपर्ने आवश्यक मर्मत सम्भार र योजना बनाउन समेत सहज हुने बताउनुभयो ।
उहाँले समग्र नगरको यातायात व्यवस्थाको बिषयमा नगरबासीलाई समेत सहज तरिकाले जानकारी गराउन सकिने उल्लेख गर्नुभयो ।
नगरको यातायात क्षेत्रको दिर्घकालिन विकास गर्ने योजना अनुसार नगर भित्र रहेका बाटोहरुको सर्वेक्षण गरी आगामी दिनमा थप योजना बनाउन सहज होस् भन्ने उद्धेश्यले बाटो सर्वेक्षणको काम थालिएको नगर प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले बताउनुभयो ।
एपिपिआईआईसिका प्रमुख गम्भीर श्रेष्ठले स्थानिय सडकहरुको सुची तयार गर्ने, सडकको सुरु र अन्तिम पोईन्ट पत्ता लगाउने, सडकको नाम, अवस्था,लम्बाई,चौडाई,कल्बर्ट र पुलहरुको अवस्था लगायतका बिषयहरुमा सर्वेक्षण गरिने बताउनुभयो ।
पुर्व क्षेत्रिय निर्देशक समेत रहनुभएका श्रेष्ठले सडक मापदण्ड अनुसार सडकको सुरक्षाका लागि कति मानव संसाधन राख्ने, सडक कसरी व्यवस्थित बनाउने, कुन समयमा कुन सडकमा कति चाप हुन्छ पत्ता लगाउने , सडकमा जिपियस प्रणाली कसरी उपयोगमा ल्याउन सकिन्छ भन्ने बिषयमा समेत सर्वे गरिने जानकारी गराउनुभयो ।
सैनामैना नगरपालिकामा रहेको विभिन्न मुख्य तथा भित्री १५ वटा महत्वपुर्ण सडकहरुको अहिले सर्वेक्षण गरिने नगर योजना शाखा प्रमुख सुरज न्यौपानेले जानकारी दिनुभयो । प्रमुख न्यौपानेले स्थानिय स्तरमा रहेका सडकहरुको अवलोकन समेत गरिने बताउनुभयो ।

प्रकाशित मिति : शुक्रबार, मंसिर ६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij