बुटवल, बुटवलमा आयोजित जेनजी युवा तथा विद्यार्थी भेलामा उल्लेख्य सहभागिता देखिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक विश्लेषक तथा पूर्व राष्ट्रपति डा।रामवरण यादवका सल्लाहकार हरी शर्माले अहिलेको राजनीतिक सन्दर्भमा “भिड र भिजन छुट्याउन सक्नुपर्ने” आवश्यकता औंल्याउनुभयो। उहाँले भन्नुभयो, “नेतृत्व केवल भीड देखाएर स्थापित हुँदैन, स्पष्ट योजना, नीतिगत स्पष्टता र कार्यान्वयनको क्षमता चाहिन्छ । त्यो आधारमा नेपाली कांग्रेस स्पष्ट भिजनसहित अघि बढिरहेको छ।” उहाँले विशेषगरी युवामैत्री नीति, रोजगारी सिर्जना, शिक्षा सुधार, उद्यमशीलता प्रवद्र्धन र सुशासनका सवालमा कांग्रेसको प्रतिज्ञापत्र कार्यान्वयन गर्न सकिने र प्रभावकारी रहेको बताउनुभयो। “कागजमा मात्र होइन, व्यवहारमा कार्यान्वयन गर्न सकिने कार्यक्रम कांग्रेसले अघि सारेको छ,” शर्माको भनाइ थियो । भेलामा चुन्न प्रसाद पौडेलको उम्मेदवारीलाई बलियो रूपमा समर्थन गरिएको थियो ।
रुपन्देही क्षेत्र नम्बर २ को समग्र विकास, पूर्वाधार विस्तार, युवालाई स्वदेशमै अवसर र दीगो आर्थिक योजनाका लागि पौडेललाई विजयी गराउनुपर्ने धारणा राख्नुभएको थियो । युवा तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थितिले परिवर्तनको चाहना र नीतिगत बहसप्रति चासो बढेको संकेत दिएको सहभागीहरूको भनाइ थियो । कार्यक्रमका वक्ताहरूले भावनात्मक नाराभन्दा तथ्य र योजनामा आधारित राजनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । भेलाको समापनमा कांग्रेसको प्रतिज्ञा पत्रलाई घरघरमा पुर्याउने र युवालाई सक्रिय रूपमा राजनीतिक प्रक्रियामा सहभागी गराउने प्रतिबद्धता व्यक्त गरिएको थियो । कार्यक्रममा युवा पुस्ताको उत्साहजनक उपस्थितिले चुनावी माहोल थप तातेको हो ।सो अवसरमा अन्य पार्टी छाडेर नेपाली कांग्रेसमा युवाहरु प्रवेश गरेका छन् ।
प्रकाशित मिति : आइतबार, फाल्गुन १० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्