JanataToday.com

Advertisment

SKIP THIS

जेनजी युवा तथा विद्यार्थी भेलामा उल्लेख्य सहभागिताले कांग्रेसमा उत्साह

जेनजी युवा तथा विद्यार्थी भेलामा उल्लेख्य सहभागिताले कांग्रेसमा उत्साह

बुटवल, बुटवलमा आयोजित जेनजी युवा तथा विद्यार्थी भेलामा उल्लेख्य सहभागिता देखिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक विश्लेषक तथा पूर्व राष्ट्रपति डा।रामवरण यादवका सल्लाहकार हरी शर्माले अहिलेको राजनीतिक सन्दर्भमा “भिड र भिजन छुट्याउन सक्नुपर्ने” आवश्यकता औंल्याउनुभयो। उहाँले भन्नुभयो, “नेतृत्व केवल भीड देखाएर स्थापित हुँदैन, स्पष्ट योजना, नीतिगत स्पष्टता र कार्यान्वयनको क्षमता चाहिन्छ । त्यो आधारमा नेपाली कांग्रेस स्पष्ट भिजनसहित अघि बढिरहेको छ।” उहाँले विशेषगरी युवामैत्री नीति, रोजगारी सिर्जना, शिक्षा सुधार, उद्यमशीलता प्रवद्र्धन र सुशासनका सवालमा कांग्रेसको प्रतिज्ञापत्र कार्यान्वयन गर्न सकिने र प्रभावकारी रहेको बताउनुभयो। “कागजमा मात्र होइन, व्यवहारमा कार्यान्वयन गर्न सकिने कार्यक्रम कांग्रेसले अघि सारेको छ,” शर्माको भनाइ थियो । भेलामा चुन्न प्रसाद पौडेलको उम्मेदवारीलाई बलियो रूपमा समर्थन गरिएको थियो ।

रुपन्देही क्षेत्र नम्बर २ को समग्र विकास, पूर्वाधार विस्तार, युवालाई स्वदेशमै अवसर र दीगो आर्थिक योजनाका लागि पौडेललाई विजयी गराउनुपर्ने धारणा राख्नुभएको थियो । युवा तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थितिले परिवर्तनको चाहना र नीतिगत बहसप्रति चासो बढेको संकेत दिएको सहभागीहरूको भनाइ थियो । कार्यक्रमका वक्ताहरूले भावनात्मक नाराभन्दा तथ्य र योजनामा आधारित राजनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । भेलाको समापनमा कांग्रेसको प्रतिज्ञा पत्रलाई घरघरमा पुर्याउने र युवालाई सक्रिय रूपमा राजनीतिक प्रक्रियामा सहभागी गराउने प्रतिबद्धता व्यक्त गरिएको थियो । कार्यक्रममा युवा पुस्ताको उत्साहजनक उपस्थितिले चुनावी माहोल थप तातेको हो ।सो अवसरमा अन्य पार्टी छाडेर नेपाली कांग्रेसमा युवाहरु प्रवेश गरेका छन् ।

प्रकाशित मिति : आइतबार, फाल्गुन १० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij