JanataToday.com

Advertisment

SKIP THIS

१० लाख बढीको अवैध मदिरा बुटवल बाट बरामद

१० लाख बढीको अवैध मदिरा बुटवल बाट बरामद

बुटवल , बिलबिजक बिना बुटवलको सुख्खा नगर स्थित एक गोदाममा अनलोड गर्न थालिएको लाखौं रुपैयाँ पर्ने मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खा नगर स्थित मैत्रि पथमा रोकेर राखिएको २ वटा गाडीबाट १० लाख बढी मूल्यको मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो ।

अबैध मदिराको कारोबार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले चेकजाच गर्दा बाटोको किनारामा पार्किङ गरि राखेको बिल बिजक नभएको लु२च ४९३५नं को बलेरो गाडीमा रहेको ५३ पेटि र लु २ च ५०७८ नम्बरको छोटा हात्ति गाडीमा रहेको २४ पेटि गोल्डेन वाक नामको ७७ पेटी मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ ।

दुबै गाडीमा रहेको ७७ पेटि ९३६९६ पिस मदिराको अन्दाजी मुल्य रु १० लाख ७८,००० र दुबै गाडीको मुल्य अन्दाजी १७ लाख कायम गरि बरामद सामान र दुबै सवारी साधन आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देहीमा पठाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक निसान्त श्रीवास्तवले जानकारी दिए । उक्त गोदाम बुटवल–८ सुख्खानगरका रामप्रसाद घिमिरेको रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij