काठमाण्डाै – आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको छ । सुनको भाउ २ हजारले घटेर तोलाको ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यो हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलको ३ लाख १६ हजार ९०० रुपैयाँ रहेको थियो । यस्तै सोमवार सुनको भाउ ३ हजार ७०० ले घटेकोमा अस्ति ३ हजार ८०० र हिजो २ हजार रुपैयाँले बढेको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ २०५ रुपैयाँले घटेर तोलाको ५ हजार ५१५ रुपैयाँमा झरेको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन २८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्