JanataToday.com

Advertisment

SKIP THIS

भेट्रान्समा नर बहादुर श्रीष र भुपाल गुरुङको विजयी शुरुवात

भेट्रान्समा नर बहादुर श्रीष र भुपाल गुरुङको विजयी शुरुवात

रुपन्देहीमा पुरुष डबल्स एण्ड भेट्रान खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । लुम्बिनी स्पोर्ट्स क्लबको आयोजनामा शनिबारदेखि सुपौली ब्याडमिन्टन कोर्टमा प्रतियोगिता शुरु भएको हो । कार्यक्रमको प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गर्दै मानिसहरुको दैनिकी बदलिरहेको बेला खेल अनिवार्य भएको बताउनुभयो । विज्ञान प्रविधिको विकासबाट मानिसको ब्यस्तता बढाएको भन्दै उहाले दैनिक जिवनमा खेललाई पाटो रुपमा लग्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । धेरै देशहरुमा खेलकुद आर्थिक गतिविधिको चालकका रुपमा लिने गरिएको उहाले बताउनुभयो । यसैगरि प्रदेश सरकारको अगुवाईमा गतवर्षदेखि खेलकुद गतिविधि गरेर बढिभन्दा बढी विद्यालयस्तरका खेलाडीहरुलाई अवसर दिने काम भएको बताउनुभयो ।
कार्यक्रममा प्रदेश न ५ का प्रदेश सभा सदस्य रमा अर्यालले समाजमा रहेका युवाहरुलाई एकतावघ्द गरि सामाजिक काममा अगाडी बढाउने काम समाजमा रहेका क्लबहरुबाट भएको बताउनुभयो सरकारबाट खेलकुदको विकासमा थोरै आर्थिक सहयोगबाट पनि धेरै कामहरु हुने भन्दै पुर्वाधार विकासमा आवश्यक पहल जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले खेलकुदको क्षेत्रमा नगरपालिकाबाट निरन्तर सम्बोधन भएको बताउनुभयो । नगरपालिकाबाट नितिगत रुपमा काम अघि बढाएको भन्दै खेलकुद पुर्वाधारलाई जोड दिएर काम भएको उहाले बताउनुभयो । समपुरक कोषमार्फत प्रदेशको २ करोड र नगरपालिकाको २ करोड रुपैया बजेटबाट कोर्ट बनाउने र खेलग्राम विकास अघि बढेको उहाले बताउनुभयो ।
क्लबका अध्यक्ष प्रथ बहादुर पुनले खेलकुदसंगै सामाजिक उत्तरदायित्वमा आफुहरु लागेको बताउनुभयो । प्रतियोगिताको खुल्लातर्फको उपाधि विजेताले नगद ३५ हजार रुपैया, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । उपविजेता टिमले नगद २५ हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने उलेले बताउनुभयो । यसैगरि तृतिय टिमले नगद १५ हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
कार्यक्रममा क्लबका कमल थापाले हरेक प्रतियोगितामार्फत एउटा सन्देश दिने काम गर्दै आएको बताउनुभयो । यस वर्ष सरकारको पर्यटन विकासमा टेवा दिनेगरि भिजिट नेपाल २०२० र भिजिट लुम्बिनी २०७६ लाई साथ लिएर अघि बढेको उहाले बताउनुभयो । क्लब समाजमा युवा दुब्यसनी विरुद्ध अभियानमा समेत काम गर्दै आएको उहाले बताउनुभयो ।
शनिबार लुम्बिनी स्पोर्ट्स क्लबका राम भण्डारी र भिम पुन तथा मंगलापुर ब्याडमिन्टन क्लबका नर बहादुर श्रीष र भुपाल गुरुङको बिचमा भएको उद्घाटन खेल १२ वर्षिय एम्पायर लेलिन रानाले खेलाएका थिए । उद्घाटन खेल मंगलापुरका नर बहादुर श्रीष र भुपाल गुरुङको जोडीले २–० को सोझो सेटमा जितेका छन । पहिलो सेट मंगलापुरले २१–१३ तथा दोस्रो सेट २१–१७ को अंकले आफ्नो कब्जामा गरेका थिए । प्रतियोगितामा विभिन्न क्लबहरूको ८१ टिमहरुले उपाधि प्रतिस्पर्धा गरेका छन ।

प्रकाशित मिति : शनिबार, मंसिर ७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij