JanataToday.com

Advertisment

SKIP THIS

११ महिनामा विपद्का ६ हजार घटना, ४६४ जनाको ज्यान गयो

११ महिनामा विपद्का ६ हजार घटना, ४६४ जनाको ज्यान गयो

काठमाण्डाै – गएको वैशाखदेखि फागुन मसान्तसम्म देशभर विपद्का ६ हजार ७९९ वटा घटना भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४६४ जनाको ज्यान गएको छ । विपद्मा परेका ३८ जनाको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । त्यस्तै ११ महिनामा १ हजार ८१४ जना घाइते भएका छन् ।

विपद्का कारण १२ हजार ४ सय ५८ घरपरिवार प्रभावित भएका प्राधिकरणको तथ्याङ्क छ । प्राधिकरणका अनुसार सबैभन्दा धेरै आगलागीका घटना भएका छन् । ३ हजार ३३९ आगलागीका घटना हुँदा ९८ जनाको ज्यान गएको छ । ११ महिनामा बाढीका ३१८, पहिरोका ५९०, ठूलो वर्षाका ४२९, चट्याङका ३६७, सर्पदंशका ५९२, डढेलोका २४६ वटा घटना भएका छन् ।

यसैगरी हावाहुरीका २९२, जनावर आक्रमणका ४८८, लेक लागेका ११९ घटना भएका प्राधिकरणको तथ्याङ्क छ ।

प्रकाशित मिति : आइतबार, चैत्र १ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij