स्पेनी फुटबल लिग ला लिगामा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई हराएको छ । आज बिहान घरेलु मैदान बर्नबाउमा भएको खेलमा रियलले एट्लेटिकोलाई ३–२ गोलले हरायो । रियलका भिनिसियस जुनियरले २ तथा फेडिरिको भल्भर्डेले १ गोल गरे ।
एट्लेटिकोका एडेमोला लूकम्यान र नाहुल मोलिनाले गोल गरे । यो जीतसँगै रियलले २९ खेलमा ६९ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा छ । एट्लेटिको २९ खेलमा ५७ अङ्कसहित चौथो स्थानमा छ । ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको २९ खेलमा ७३ अङ्क छ ।
यस्तै गएराति भएका खेलमा एथ्लेटिक क्लबले रियल बेट्सिलाई, सेल्टा भिगोले एलाभेसलाई, बार्सिलोनाले रायो भ्यालेकानोलाई र भेलेन्सियाले सेभिल्लालाई हराएका छन् ।
प्रकाशित मिति : सोमबार, चैत्र ९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्