देशकै ठूलो यातायात व्यवसायी संस्था पश्चिम नेपाल बसको छैठौं साधारण सभा फरक शैलीमा

देशकै ठूलो यातायात व्यवसायी संस्था पश्चिम नेपाल बसको छैठौं साधारण सभा फरक शैलीमा

बुटवल

देशकै ठूलो यातायात व्यवसायी संस्था पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. ले आफ्नो छैठौं वार्षिक साधारण सभा यसपटक नयाँ अभ्यासका साथ सञ्चालन गरिरहेको छ । परम्परागत एकदिने औपचारिक कार्यक्रमभन्दा फरक,५ दिनसम्म चल्ने गरी विभिन्न रुटअनुसार व्यवसायीहरुलाई छुट्टाछुट्टै रुपमा समावेश गरेर साधारण सभा आयोजना गरिएको हो । चैत्र १४ गतेबाट सुरु भएको यो साधारण सभा १८ गतेसम्म सञ्चालन हुने छ ।

संस्थाका अध्यक्ष दधिराम खरेलका अनुसार, विगतमा व्यवसायीका गुनासा, जिज्ञासा र समस्याहरू प्रभावकारी रूपमा सुनुवाइ हुन नसकेको गुनासो आउने गरेकाले यसपटक सहभागीमैत्री र संवादमुखी ढंग अपनाइएको हो । “सबैको आवाज सुन्ने र समाधान खोज्ने उद्देश्यले फरक मोडलमा साधारण सभा गरिरहेका छौं,” उनले बताए ।

संस्थामा हाल २ हजार २०२ सवारी साधन सञ्चालनमा छन् । जुन नेपालकै ठूलो यातायात व्यवसायी संस्था मध्ये एक हो । पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म, दक्षिणको बेलहियादेखि उत्तरको मनाङ–मुस्ताङसम्म संस्थाले सेवा विस्तार गरेको छ । पहाडी, तराईदेखि उच्च हिमाली भूभागसम्म निरन्तर यातायात सेवा प्रदान गर्दै आएको छ ।

दुई हजार ५ सय बढी सवारी सञ्चालन गरेको संस्थाले पछिल्लो समय पुराना ६ मोडलसम्मका बसहरू विस्थापित गरी व्यवसायीलाई मुआब्जा प्रदान गर्ने नीति समेत अपनाएको छ । यसले सेवा गुणस्तर सुधारमा सहयोग पुगेको विश्वास छ ।

प्रवन्ध सञ्चालक रामचन्द्र भुसालका अनुसार, पछिल्लो समय यातायात क्षेत्र सहज छैन । नीति–नियमका जटिलता, प्रशासनिक अवरोध, इन्धन मूल्यवृद्धि र बजार प्रतिस्पर्धाले व्यवसायलाई चुनौती थपेका छन् । तर पनि संस्था यात्रु सुरक्षालाई केन्द्रमा राख्दै सेवा निरन्तरता दिन प्रतिबद्ध रहेको उनले बताए ।

सवारी दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएको अभियानले पछिल्लो समय दुर्घटनामा कमी आएको जनाएको छ । यद्यपि, बेलाबेलामा हुने दुर्घटनाले संस्थालाई अझ जिम्मेवार र संवेदनशील बन्न प्रेरित गरेको सञ्चालकहरूकाे भनाइ छ ।

लेखा सञ्चालक मोहन पिइसका अनुसार, संस्थाले अब सेवा प्रणालीलाई डिजिटल बनाउने अभियान सुरु गरेको छ । प्रशासनिक कामलाई व्यवस्थित गर्ने, पारदर्शिता बढाउने, कर्मचारी व्यवस्थापन सुधार गर्ने तथा सेवा गुणस्तर उकास्ने काम भइरहेको छ ।

यातायात क्षेत्रमा अझै पनि अव्यवस्थित प्रतिस्पर्धा, नीतिगत अस्पष्टता, अनाधिकृत सवारी सञ्चालन तथा सडक सुरक्षाका चुनौतीहरू कायम रहेको उनले बताए । तर, स्पष्ट नीति, प्रविधिको प्रयोग र व्यवस्थित प्रतिस्पर्धासँगै संस्था अझ सशक्त बन्ने विश्वास व्यक्त गरिएको छ । यसपटकको साधारण सभा चरणबद्ध रूपमा सञ्चालन गरिएको छ, जसमा विभिन्न रुटअनुसार व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको छः ।

चैत्र १४ गतेदेखि शुरु भएको साधारण सभामा पहिलो दिन रुटमा भैरहवा–काठमाण्डौ (दिवा/रात्री), स्कूल/कलेज (मासिक) तथा अन्य गरि ५ सय ३७ जनाको उपस्थिति रहेको थियो । त्यस्तै १५ गते स्याङ्गजा–पोखरा, बाग्लुङ्ग, बेनी, नारायणगढ–पोखरा, बाग्लुङ्ग बेनी दिवा/ रात्री प्रखण्ड र बुटवल–नारायणगढ–दुम्किबास सर्दी–पूर्व प्रखण्ड जस्मा ३ सय ३९ जनाको उपस्थित रहेका थिए । त्यस्तै १६ गते पाल्पा, रामपुर काठमाण्डौ, खहरे, गुल्मी तल्लो/उपल्लो बाटो र अर्घाखाँची, गुल्मी–काठमाण्डौ, अर्घाखाँची–काठमाण्डौका ४ सय ५ जना सहभागिता रहेको कर्मचारी राजन शर्माले बताए ।

मंगलबार १७ गते हुने पश्चिम प्रखण्ड, बुटवल–कृष्णनगर, ४ नम्बर–तौलिहवा, हरैया–बुटवल, मिर्नी–भैरहवा–लुम्बिनी, तौलिहवा,झारवैरा,मर्चवार, ककरहवा, परासी, बुढ्डी, तौलिहवा रुटका ४ सय २७ जना सहभागि रहने छन् ।

१८ गते सम्पन्न हुने बुटवल–सालझण्डी,बनगाई, विंगर, हरैया माइक्रो बुटवल–बर्दघाट, त्रिवेणी र बुटवल–भैरहवा–नगर गरि जम्मा ४ सय ७८ जना सहभागी रहने छन् । साथै वृहत रक्तदान कार्यक्रम समेत आयोजना गरिएको जनाइएको छ । त्यस्तै लामो समय सवारी संचालन गरेर कुनै पनि दुर्घटना नगराएका उत्कृष्ट चालकहरुलाई सो अवशरमा सम्मानगरिदै आएको छ ।

यातायात क्षेत्र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बेला पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले अपनाएको यो नयाँ अभ्यास केवल साधारण सभा मात्र होइन, व्यवस्थापन सुधार, संवाद विस्तार र भविष्यतर्फको स्पष्ट संकेतकाे रूपमा लिइएको छ । यदि यही गतिमा प्रविधि, पारदर्शिता र यात्रु सुरक्षालाई प्राथमिकता दिइयो भने, यो संस्था नेपालकै यातायात क्षेत्रको उदाहरणीय बन्ने सम्भावना छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र १७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij