मुगुमा द्रुत दूरसञ्चार सेवा विस्तारको मागसहित सञ्चार मन्त्री तिमल्सिनाको ध्यानाकर्षण

मुगुमा द्रुत दूरसञ्चार सेवा विस्तारको मागसहित सञ्चार मन्त्री तिमल्सिनाको ध्यानाकर्षण

सञ्चारमन्त्री डा तिमिल्सिना काठमाडौँ १३ चैतः सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिना शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि स्वागत कार्यक्रममा धारणा राख्नुहुँदै । तस्बिरः चन्द्रकला क्षेत्री÷रासस

मुगु ,मुगुका युवाले दुर्गम क्षेत्रमा अझै पनि प्रभावकारी इन्टरनेट र मोबाइल सेवा नपुगेको र सरकारको १०० कार्यसूचीमा यसबारे उल्लेख नगरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

युवा आशिष देवकोटाको नेतृत्वको टोलीले सूचना तथा सञ्चार प्रविधि मन्त्री विक्रम तिमल्सिनासँग भेट गरी मुगुको वास्तविक अवस्था, भौगोलिक समस्या र समाधानका उपायसहित सुझाव राखेको हो । तथ्यांकअनुसार मुगुमा रहेका २४ टेलिकम टावरमध्ये अहिले १२ वटा मात्र सञ्चालनमा छन् भने बाँकीमा कमजोर नेटवर्ककै भर गर्नुपर्ने नागरिकको बाध्यता छ ।

धेरै नागरिक अझै डिजिटल सेवाबाट वञ्चित रहेको अवस्थाबारे युवा टोलीले मन्त्री तिमल्सिनाको ध्यानाकर्षण गराएको छ । मन्त्रालयमा बुझाएको ज्ञापनपत्रमा मुगुका झण्डै ९५ प्रतिशत नागरिक भरपर्दो इन्टरनेट सेवाबाट वञ्चित रहेको, गाउँसम्म सरकारी सूचना नपुगेको तथा सेवा विस्तारमा प्राथमिकता नदिएको उल्लेख छ ।

कतिपय ठाउँमा मोबाइल सिग्नल पाउन डाँडामै पुग्नुपर्ने बाध्यता रहेको हुँदा सुधारको माग गरिएको देवकोटाले बताउनुभयो । भेटका क्रममा युवाहरूले प्रतीकात्मक रूपमा पुरानो नोकिया मोबाइल फोन मन्त्रीलाई उपहार दिएका थिए । तर मन्त्री तिमल्सिनाले उपहार अस्वीकार गर्नुभएको पनि देवकोटाले जानकारी दिनुभयो ।

मन्त्री तिमल्सिनाले अहिले देशभर झण्डै १ हजार २०० वटा टावरमार्फत फोर–जी सेवा सञ्चालनमा रहेको र थप तीन हजार टावर निर्माण गर्ने प्रक्रिया अघि बढाइएको जानकारी गराउनुभएको छ ।

प्रकाशित मिति : बुधबार, चैत्र १८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij