कुवेतमा अलपत्र ३सय१८ जना सहित ९ जनाको शव गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

कुवेतमा अलपत्र ३सय१८ जना सहित ९ जनाको शव गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

भैरहवा , मध्यपूर्वमा द्वन्द्वका कारण कुवेतमा रोकिएका नेपाली नागरिकहरुलाई स्वदेश ल्याइएको छ। बुधबार कुवेत एयरवेजको चार्टर्ड उडानबाट ३ सय १८ जना नेपाली यात्रुहरुलाई स्वदेश ल्याइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।

मध्यपूर्वमा द्वन्द्वका कारण नेपाल कुवेतबीचको नियमित उडान प्रभावित हुँदा कुवेतस्थित नेपाली राजदूतावासको समन्वयमा यात्रुसहितको विमान साँझ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो।९ जनाको शव पनि आयो

कुवेतमा विभिन्न समयमा विभिन्न कारणले मृत्यु भएका ९ जना नेपाली नागरिकको शव समेत उक्त विमानमा ल्याइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता पुष्पराज मल्लले बताए । उनले ल्याइएका शव नौ जिल्लाका व्यक्तिहरूको रहेको बताए।

उनका अनुसार, दाङ, उदयपुर, सल्यान, सिन्धुली, सिरहा, लमजुङ, सिन्धुपाल्चोक, सुर्खेत र खोटाङका व्यक्तिहरुको शव रहेको छ। उक्त शवहरू सम्बन्धित परिवारको जिम्मा लगाइने उनको भनाइ छ।

प्रकाशित मिति : बिहिबार, चैत्र १९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij