JanataToday.com

Advertisment

SKIP THIS

वाणगगा वडा नं ५ ले आजबाट घर खरको छाना मुक्त गराउने

वाणगगा वडा नं ५ ले आजबाट घर खरको छाना मुक्त गराउने

sdr

कपिलवस्तु ।
वाणगगा वडा नं ५ ले आजबाट खरको छाना मुक्त गराउने भएको छ । कार्यक्रमको शुभारम्भ सासंद विष्णु पन्थिले कोपवा कि बसन्ती यादवको घर नयाँ बनाउन आफैँ घरको छानोमा चढेर काम गर्नुभएको थियो ।कार्यक्रम बिपन्न परिबार बसन्ती यादबको घरबाट शुरु भएको हो । वडामा १५५० घरधुरी संख्यामध्ये ४० जनाको घर छानोले छाएको छ । यसबर्ष करिब २० जनाको घरछानोमुक्त बनाउने वडाको लक्ष्य रहेको छ कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पन्थीले पराम्परागत आवासलाई बिस्थापित गर्दै नयाँ मोडेलका आवासहरु निर्माण गर्नुपर्ने बताउनुभयो। सासंद पन्थिले वाणगगा नगरपालीका ५ मा जनता आवास कार्यक्रम अन्र्तगतका १० वटा दलितका घर यसै बर्षमा बन्ने घोषणा गर्नुभयो ।
उहाले वाणगंगामा कुल २५ वटा घर चालु आवमा बन्ने उहाले जानकारी गराउनु भयो ।सांसद पन्थीले प्रदेश ५ को उत्कृष्ट नगर बाणगंगा नगर स्थापित हुदै गएको भन्दै नगरको लागि ८० करोड पुजिँगत बजेट बिनियोजन भएको बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख तरावती चौधरीले मेयर मंगल प्रसाद थारु र उपमेयर चक्रपाणी अर्यालले हरेक क्षेत्रबाट नगरलाई नमुना बनाउने अभियानमा लागेको बताउनुभयो ।कार्यक्रममा बोल्दै वडा नम्बर ५ का अध्यक्ष भिष्मराज भूषालले वडाका दुखि र बिपन्न परिबारका लागि मलम लागउने काम वडाले गरेको बताउदै प्रदेश सरकारको जनताआवास कार्यक्रम पनि बाणगंगा नगरको वडा नम्बर ५ मा परेको बताउनुभयो ।
खरको छाना मुक्त वडा कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष भरत कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ता समितिका सदस्य सन्तोष घिमिरेको स्वागत मन्तब्यमा भएको कार्यक्रमको सञ्चालन वडा सचिब दिपक पाण्डेले गर्नुभएको थियो ।

प्रकाशित मिति : आइतबार, मंसिर ८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij