पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी पूर्वमन्त्री डा। आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धान सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएको स्रोतले जनाएको छ।
अदालतले पक्राउ अनुमति दिइसकेको तर उनीहरू नेपालमा नभएकाले प्रहरी प्रधान कार्यालयमार्फत इन्टरपोलबाट नोटिस जारी गर्ने तयारी थालेको स्रोतले बताएको छ।
देउवा दम्पती हाल विदेशमा छन्। चुनावअघि नै उनीहरू स्वास्थ्य उपचार गराउन भन्दै देउवा सिंगापुर गएका थिए। उनीहरू त्यहाँबाट हङकङतर्फ लागेको बताइएको छ।
भदौ २४ मा जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित उनीहरूको घरमा आगजनी हुँदा जलेका पैसाका नोट भेटिएको विषय सार्वजनिक भएको थियो । त्यसपछि विभागले देउवा निवासमा पुगेर मुचुल्का समेत उठाएको थियो। यो विषयमा अहिले यसको अनुसन्धान अघि बढेको छ ।
प्रकाशित मिति : बुधबार, चैत्र २५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्