पत्रकारहरुको क्षमता विकास कार्यक्रम तिलोत्तमामा सम्पन्न

पत्रकारहरुको क्षमता विकास कार्यक्रम तिलोत्तमामा सम्पन्न

तिलोत्तमा , रुपन्देहीको तिलोत्तमामा क्रियाशिल तिलोत्तमा मिडिया क्लवको आयोजनामा सोमबार पत्रकारहरुको क्षमता विकास कार्यक्रम तिलोत्तमाको ड्राइभरटोलमा सम्पन्न भएको छ ।

कार्यक्रममा तिलोत्तमा क्षेत्रमा बसोबास गर्ने तथा यहाँका सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता स् भाषा र शैली सिद्धान्त र हाम्रो अभ्यास विषयमा सहजीकरण गर्नुभएको थियो । पत्रकारहरुको भाषिक दक्षता अभिवृद्धिका लागि क्लवले तिलोत्तमा नगरपालिकाको सहयोगमा क्षमता विकास कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाणले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि नगरपालिका सधै प्रतिबद्ध रहने स्पष्ट पार्नुभयो । संघीय सरकारले ल्याएका सबै नीति नियम र निर्णय कार्यान्वयन गर्न स्थानीय सरकारले नसक्ने चर्चा गर्दै नगर प्रमुख खाणले जिम्मेवार पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने उल्लेख गर्नुभयो ।

यस्तै उपप्रमुख जागेश्वरी देवि चौधरीले पत्रकारिता जिम्मेवार पेशा भएकोले यस्ता कार्यक्रमले पत्रकारको दक्षता अभिवृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले वर्तमान सरकारले सञ्चारमाध्यमप्रति विभेदकारी नीति लिएको चर्चा गर्दै यसका विरुद्ध सबै पत्रकारहरुले बुलन्द आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष मोहन चापागाईंले संघीय सरकार मिडियाप्रति अनुदार देखिएको वर्तमान अवस्थामा स्थानीय मिडियालाई जोगाउने दायित्व स्थानीय सरकारको काँधमा आएको बताउनुभयो ।

क्लवका अध्यक्ष बीपी गौतमको अध्यक्षता, सचिव कल्पना तिवारीको सञ्चालन एवं उपाध्यक्ष टिआर शर्माको स्वागतमा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : सोमबार, चैत्र ३० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij