बुटवल-रुपन्देहीको बुटवलमा आज ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी–२०८३’ को औपचारिक उद्घाटन तथा कार्यक्रम सम्पन्न भएको छ। विश्व सम्पदा दिवस को अवसर पारेर आयोजना गरिएको उक्त प्रदर्शनी स्थानीय शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव डा. मानबहादुर बिकेले रैथाने सीप, कला र उत्पादनको संरक्षण, प्रवद्र्धन र बजारीकरण अपरिहार्य रहेको उल्लेख गर्दै परम्परागत उत्पादनले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने बताए। उनले यस्ता सीपलाई पुस्तान्तरण गर्दै बजारसँग जोड्न आवश्यक रहेको धारणा राखे।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले स्थानीय उत्पादन र संस्कृति पर्यटनसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यस्ता प्रदर्शनीले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न मद्दत पुग्ने बताए। उनले स्थानीय सरकारले यस्ता पहललाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
गन्धर्व समाजका केन्द्रीय अध्यक्ष कर्णबहादुर गन्धर्वले कला र संस्कृति नै इतिहास बोल्ने माध्यम भएकाले तिनको संरक्षणमा सबै जुट्नुपर्ने बताए। उनले लोपोन्मुख सांस्कृतिक सम्पदाको जगेर्ना गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे।
प्रदर्शनी संयोजक रेवन्तबहादुर विश्वकर्माले प्रदर्शनीले लोपोन्मुख सीपको संरक्षण, स्थानीय उत्पादनको बजार विस्तार तथा रोजगारी सिर्जनामा टेवा पु¥याउने विश्वास व्यक्त गरे। उनले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न यस्तो कार्यक्रम महत्वपूर्ण हुने बताए।
रैथाने उत्पादनको बजारीकरणको अभियान चलाएका खस्यौली बजारका व्यवस्थापक समुन्द्र घिमिरेले रैथाने वस्तु र संस्कृतिको संरक्षण नै आफ्नो अभियान भएकाले यसमा साथ दिने र खासगरी नयाँपुस्तालाई यसमा जोड्ने आफ्नो अभियान भएको जनाएका छन् । कार्यक्रममा अन्य वक्ताहरूले पनि रैथाने सीप र उत्पादन केवल सांस्कृतिक धरोहर मात्र नभई आर्थिक समृद्धिको आधार बन्न सक्ने उल्लेख गर्दै यसको संरक्षण र व्यवसायीकरणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, स्थानीय शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपाल र खस्यौली बजारको संयोजनमा सञ्चालन भएको प्रदर्शनी हो । प्रदर्शनीमा स्थानीय सीपसम्बन्धी प्रत्यक्ष प्रदर्शन, हस्तकला तथा स्थानीय उत्पादनका ५० बढि स्टल, मौलिक खाना परिकार, झाँकी तथा सांस्कृतिक प्रस्तुति रहेका थिए। प्रदर्शनीमार्फत लोपोन्मुख सीपको संरक्षण, स्थानीय उत्पादनको बजार पहुँच विस्तार, सांस्कृतिक सम्पदाप्रति जनचेतना अभिवृद्धि तथा रोजगारी र आयआर्जनमा टेवा पुग्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक रेवन्तबहादुर विश्वकर्माले जानकारी दिए ।
प्रकाशित मिति : शनिबार, बैशाख ५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्