सल्यानमा जन्ती बोकेको गाडी दुर्घटनाः ३ जनाको मृत्यु, १८ घाइते

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटनाः ३ जनाको मृत्यु, १८ घाइते

सुर्खेत – सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सल्यान प्रहरीका अनुसार बनगाड कुपिण्डे नगरपालिकामा भएको उक्त दुर्घटनामा अन्य १८ जना गम्भीर घाइते भएका छन् ।

शनिबार साँझ नगरपालिकाको वडा नम्बर ८ थाराबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको जन्ती बोकेको गाडी वडा नम्बर १० धाइरेमा दुर्घटनामा परेको हो । प्रारम्भिक विवरण अनुसार दुर्घटनामा परी तीन जनाको ज्यान गएको र घाइते १८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

सल्यान प्रहरीको सञ्चार शाखाले घटनाबारे थप जानकारी आउन बाँकी रहेको जनाएको छ ।

प्रकाशित मिति : शनिबार, बैशाख ५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij