बुटवल ।
बुटवल ११ देविनगरमा रहेको जागृती टोल विकास संस्थाले आपाङ आश्रममा खाद्यान्न वितरण गरेको छ ।
संस्थाको आफ्नो वार्षिक कार्यक्रम अन्तरगत आज बुटवल ११ प्रगतिनगरमा रहेको नेपाल आपाङग आश्रममा पुगुेर खाद्यान्न समाग्रि वितरण गरिएको हो ।
सामाजिक उत्तरदायित्वबोध गर्दै प्रतेक वर्ष जस्तो यस वर्ष पनि मानविय कार्य गरिएको संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष शान्ता अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थाका सल्लाहकार तथा समाजसेवी अर्जुन वहादुर कुवंरले समाजमा यस्ता खालका रचनात्मक कार्यत्र गर्नाले अरुलाई पनि उत्प्रेरणा जगाउने बताउनु भयो । उहांले आश्रममा रहेका वालवालिकाहरुलाई सहायोग गर्नु सबैभन्दा ठुलो धर्म हुने बताउनु भयो ।
कार्यक्रममा पत्रकार बिक्रम खड्काले टोल विकास संस्थाले देउसी भैलो खेलेको रकमले गरेको मानविय कार्य सबैका लागि उदाहरणयि रहेको बताउनु भयो ।
सो अवसरमा संस्थाका सल्लाहकार लक्ष्मण कुमार श्रेष्ठ, आश्रमका अध्यक्ष डोल वहादुर रामदाम, संस्थाका उपाध्यक्ष कल्पना विष्ट, कोषाध्यक्ष सुमित्रा मल्ल, राधिका ज्ञवाली लगायतले बोलेका थिए ।
सो अवसरमा अश्रमका अध्यक्ष रामदामलाई संस्थाका तर्फबाट चामल दाल, तेल, तरकारी चाउचाउ लगायतका समाग्री हस्तान्तरण गरिएको थियो ।
प्रकाशित मिति : सोमबार, मंसिर ९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्