लुम्बिनी प्रादेशिक अस्पतालमा नवनियुक्त मेसु गौतमले गरे पदभार ग्रहण, सुशासनको प्रतिवद्धता

लुम्बिनी प्रादेशिक अस्पतालमा नवनियुक्त मेसु गौतमले गरे पदभार ग्रहण, सुशासनको प्रतिवद्धता

 

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा नव नियुक्त डा. विष्णु गौतमले शुक्रबार पदभार ग्रहण गरेका छन् । अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, सदस्य लक्ष्मी भट्टराई, निवर्तमान मेसु डा. इन्द्र ढकाल, पूर्व मेसु डा. सुदर्शन थापा लगायतले बोल्दै सफल कार्यकालका लागि बधाईसहित शुभकामना व्यक्त गरे ।

शुभकामना व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले अस्पतालको व्यवस्थापन सुधार, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्य र लक्ष्य हासिल गर्नेगरि काम गर्न आग्रह गरे । बिकास समिति तथा अस्पताल परिवार सबैको एउटै लक्ष्य गुणस्तरीय र जनगुनासोरहित सेवा भएको बताउँदै सामुहिक प्रयास र सहकार्यमा जोड दिए ।

सो अवसरमा बोल्दै मेसु डा. गौतमले अस्पतालमा प्राप्त जनशक्ति, उपकरण तथा प्रविधि र संरचनाको अधिकतम प्रयोग गरी स्वास्थ्य सेवा उपलब्ध गराउनेमा आफ्नो ध्यान केन्द्रीत रहने बताए । जनअपेक्षा र उपलब्ध स्रोतबीच ठूलो खाडल रहेको बताउँदै उनले प्रदेश सरकार तथा संघीय सरकारसँग आवश्यक सहयोग र समन्वयमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले सुशासनको पक्षलाई पनि प्रतिवद्ध भएर कार्यान्वयन गरिने बताए ।

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गौतमलाई मेसुको जिम्मेवारी दिने निर्णय गरेको हो। डा.गौतम स्वास्थ्य सेवाको जनरल हेल्थ सर्भिस ९जहेस० समूह अन्तर्गत ११ तहका वरिष्ठ चिकित्सक हुन्। लामो समयदेखि सरकारी स्वास्थ्य सेवामा आबद्ध रहँदै विभिन्न जिम्मेवारी सम्हालेको अनुभवका आधारमा उनलाई मेसुमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।

यस क्षेत्रकै सबैभन्दा ठुलो लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक करिब २ हजार ५ सयदेखि ३ हजारसम्म बिरामीले सेवा लिने गरेका छन्।

प्रकाशित मिति : शुक्रबार, बैशाख ११ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij