प्रभात माविको हीरक महोत्सवमा विद्यार्थी पुनःमिलन कार्यक्रम

प्रभात माविको हीरक महोत्सवमा विद्यार्थी पुनःमिलन कार्यक्रम

बुटवल – पश्चिम पाल्पाको रिब्दीकोट गाउँपालिका पालुङ्ग मैनादी – ७ स्थित श्री प्रभात माध्यमिक विद्यालयको हीरक महोत्सवअन्तर्गत विद्यार्थी पुनःमिलन कार्यक्रम शनिबार भव्यरुपमा सम्पन्न भएको छ ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुल बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका सहसचिव कविन्द्र नेपालको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि नेपालले बोल्दै पश्चिम पाल्पामा प्रभात माविले शैक्षिक तथा भौतिक पूर्वाधार विकासमा फड्को मारेको बताउँदै विद्यालयको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे । उनले आफू पनि यहि विद्यालयबाट शिक्षा आर्जन गरेको बताउँदै विद्यालय ७५ वर्षमा धेरै राम्रो भएकोमा खुसी व्यक्त गरे ।
नेपाल सरकारमा पूर्व सचिव तथा कार्यक्रमका विशिष्ट अतिथि ईं कृष्ण नेपालले प्रभात माविले शिक्षामा धेरै विद्यार्थी उत्पादन गरी राज्यका उच्च तहमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको बताए ।   त्यस्तैगरी रिब्दीकोट गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष तथा विद्यालयका पूर्व शिक्षक  दान बहादुर कुँवरले बोल्दै २००८ सालमा स्थापना भएको विद्यालयले ७५ वर्ष मनाउँदै शिक्षा  क्षेत्रमा उत्कृष्टता नतिजा हासिल गर्दै आएको बताए । उनले गाउँपालिकास्तरमा प्रथम हुँदै प्रभातको गौरव बढाएकोमा विद्यालयलाई बधाई समेत दिए ।
विद्यालयका प्रधानाध्यापक जनकप्रसाद आचार्यले विद्यालयको गतिविधि तथा इतिहासका बारेमा विद्यालयले २०५६ सालदेखि एसएलसी सुरु गर्दै हालसम्म ३३२ जना उत्तिर्ण भएको बताए ।
विद्यालयका अध्यक्ष डुल बहादुर कुँवरले बोल्दै विद्यालयले स्थापना कालदेखि शैक्षिक क्षेत्रमा उत्कृृष्टता हासिल गर्दै आएको बताए । उनले विद्यालयको हीरक महोत्सवमा स्वतस्फुर्त आर्थिक सहयोग गर्ने सबै महानुभावहरुप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा पूर्व गाविस अध्यक्ष  कृष्ण बहादुर कुँवर, पूर्व विद्यार्थी तथा समाजसेवी रामकुमार रणपाल, पाल्पा मैनादी रुपन्देही सम्पर्क समाजका अध्यक्ष पदम नेपाल -सन्तोष),सरस्वती मा.वि. खस्यौली पाल्पाका प्रधानाध्यापक मदन नेपाल पूर्व विद्यार्थीहरु खिमप्रसाद नेपाल, कमल नेपाल, पूर्व शिक्षकहरु सूर्य नेपाल, शंकर विकेलगायतले शुभकामना मन्तव्य राख्दै विद्यालयको उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए ।
विद्यार्थी पुनः मिलन कार्यक्रममा पूर्व शिक्षक, पूर्व प्रधानाध्यापक, अक्षयकोषदाता तथा स्मारिका प्रकाशनका लागि आर्थिक सहयोग गर्ने महानुभावहरुहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल सरकारका पूर्व सहसचिव कृष्ण नेपाल, विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य इन्द्र बहादुर कुँवर, पूर्व अध्यक्ष शेर बहादुर नेपाली, पूर्व प्रअ कृष्ण बहादुर थापा, रिब्दीकोट गाउँपालिकाका कार्यपालिका सदस्य शर्मिला नेपाली, वडा नं.७ का वडा सदस्य रुद्र कुँँवर, पूर्व विद्यार्थी गोविन्द कुँवर, कमल नेपाललगायतको सहभागिता रहेको कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरु विधान कार्की, पुर्खेबा, विन्दु थापा निहारिका, कोपिला न्यौपाने, राजन थापालगायतले आफ्नो प्रस्तुति दिएका थिए ।
विद्यालयका सहायक प्रधानाध्यापक डोलराज भट्टराईको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन शिक्षिका संगिता कुँवरले  गरेकी थिइन् । साथै विद्यालयले  बैशाख २० गते ७५ औं वार्षिकोत्सव तथा हीरक महोत्सव सम्पन्न गर्न गईरहेको छ । प्रतिनिधि सभाका सांसद डा.माधव थापा र नेपाल सरकारका पूर्व गभर्नर डा. चिरन्जीवी नेपाल आउने कार्यक्रम तय भएको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, बैशाख १९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij