लिपुलेक हुँदै कैलास मानसरोवरको यात्रा सञ्चालन गर्ने भारत–चीनको सहमतिप्रति नेपाली काँग्रेसको आपत्ति

लिपुलेक हुँदै कैलास मानसरोवरको यात्रा सञ्चालन गर्ने भारत–चीनको सहमतिप्रति नेपाली काँग्रेसको आपत्ति

काठमाडौँ ,  लिपुलेक हुँदै कैलास मानसरोवरको यात्रा सञ्चालन गर्ने भारत–चीनको सहमतिप्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ।

सोमवार पार्टी कार्यालययमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भारत–चीनको सहमतिप्रति ध्यानाकर्षण भएको जनाउँदै सरकारले पठाएको कूटनीतिक नोटलाई सकारात्मक रूपमा लिएको पार्टी सहमहामन्त्री उदय शम्शेर राणाले बताए।

उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको विषयमा पार्टी विगतदेखि नै संस्थागत अडानमा स्पष्ट रहेको बताए। उनले सुशील कोइराला प्रधानमन्त्री भएका वेला २०७२ सालमा सरकारले पहिलो पटक कूटनीतिक नोट पठाएको स्मरण गरे।

उनले भने, ‘नेपाली भूमि लिपुलेक हुँदै कैलास मानसरोवर यात्रा सञ्चालन गर्न भारत र चीनबीच भएको सहमतिप्रति नेपाली काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ। लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो। यसका सन्दर्भमा नेपाली काँग्रेसले विगतदेखि नै संस्थागत अडान स्पष्ट राख्दै आएको छ। नेपाल सरकारले भारत र चीन दुवै देशलाई पठाएको कूटनीतिक नोटलाई हामीले सकारात्मक रुपमा लिएका छौँ।’

सीमासम्बन्धी विवाद कूटनीतिक संवादको माध्यमबाट समाधान गर्नुपर्नेमा नेपाली काँग्रेस स्पष्ट रहेको उनको भनाइ छ। उनका अनुसार सरकारले हालै जारी गरेका अध्यादेशको बारेमा ध्यानाकर्षण भएको बताए।

उनले सुशासन कायम गर्न आवश्यक भए सहयोग गर्न काँग्रेस तयार रहेको पनि बताए। सरकारले अध्यादेश जारी गर्दा संसदीय सर्वोच्चताको ख्याल नगरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

प्रकाशित मिति : मंगलबार, बैशाख २२ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij