बुटवल । रूपन्देहीका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले बैसाख २४ गतेदेखि बृहद सडक आन्दोलनको घोषणा गरेका छन्।
सरकारले व्यवस्थापनको आवश्यक तयारी र संवादबिनै आफूहरूलाई विस्थापित गर्न खोजेको भन्दै डोजर आतंक मच्चाएको भन्दै उनीहरूले बुटवलमा चरणबद्ध आन्दोलन घोषणा गरेका हुन्।
भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित संघर्ष समिति रूपन्देहीले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै आगामी बिहीबार बृहत् प्रदर्शन गर्न लागेको जनाएको हो।
समितिका संयोजक खगेन्द्र पौडेलले सरकारले आफूहरूलाई विकल्प बिना हटाउन खोजे आन्दोलन थप चर्काउने चेतावनी दिए।
बिहीबार बुटवलको राजमार्ग चौराहाबाट सुरू हुने प्रदर्शन मिलन चोक, अस्पताल लाइन हुँदै ट्राफिक चोकसम्म पुगेर कोणसभामा परिणत हुनेछ।
सोही दिन जिल्लाका सबै स्थानीय तह तथा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको पौडेलले जानकारी दिए।
उनले आफूहरू करको दायरामा आउन तयार रहेको उल्लेख गर्दै संविधान अनुसार मानव अधिकारको सम्मान गर्दै विकल्पसहित समाधान दिन सरकारसँग माग गरे।
प्रदर्शनमा रूपन्देहीका सबै पालिकामा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू सहभागी हुने पौडेलले बताए।रूपन्देहीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी ७६ हजार ६४६ परिवार रहेको तथ्यांक छ।
प्रकाशित मिति : बिहिबार, बैशाख २४ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्