कीर्तिपुर हत्या प्रकरण : तीनजना पक्राउ 

कीर्तिपुर हत्या प्रकरण : तीनजना पक्राउ 

काठमाडौँ , कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक बुधवार गुल्मीका २२ वर्षीय विपिन घिमिरेलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अछामको साँफेबगर नगरपालिका–४ घर भइ कीर्तिपुर वर्ष २५ का महेन्द्र शाह, कैलाली घर भई कीर्तिपुर पाँगा बस्ने वर्ष २३ का रवीन्द्र धामी र कैलालीको घोडाघोडी घर भई कीर्तिपुर नगरपालिका–८ सिनेमा हल बस्ने वर्ष २२ का रोशन बिष्ट रहेका छन्।

कर्तव्य ज्यान लिने कसूरमा संलग्न रहेको आरोपमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी आज अदालतमा पेस गरेको हो।

उनीहरूविरुद्ध थप अनुसन्धानका लागि सात दिनको म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए।

प्रकाशित मिति : बिहिबार, बैशाख २४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij