काठमाडौ । सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा ‘कन्सल’लाई पदमुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो
सरकारका प्रवक्ता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार बैठकले यही वैशाख २८ गते सोमबार अपराह्न ४ः०० बजे बस्ने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको छ
बैठकले अन्तरराष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी २०१४ को प्रोटोकल नम्बर २९ अनुमोदनका लागि सङ्घीय संसद्समक्ष पेस गर्ने निर्णय गरेको छ
त्यसैगरी, अन्तरराष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षणसम्बन्धी महासन्धिको, १९४७ नम्बर ८१ पनि अनुमोदनका लागि संसद्समक्ष पेस गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख २५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्