काठमाडौं , नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
मंगलबार बिहान लुम्बिनी ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने भएको हो। साथै बाँकी प्रदेशहरूमा आंशिक बादल लागिरहेको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।
त्यस्तै, मंगलबार दिउँसो भने कोशी र बाँकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। साथै तराई भूभागमा भने आंशिक बादल लाग्ने भएको हो। कोशी, बागमती, गण्डकी र बाँकी हिमाली तथा पहाडी तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, मंगलबार राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्ने भएको हो। साथै बाँकी भूभागमा भने आंशिक बादल लाग्नेछ। लुम्बिनी कोशी, मधेश, बागमती प्रदेश र बाँकी हिमाली तथा पहाडी तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो।
प्रकाशित मिति : मंगलबार, बैशाख २९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्