संसद बैठक : आजै नीति तथा कार्यक्रमको छलफल सक्ने तयारी 

संसद बैठक : आजै नीति तथा कार्यक्रमको छलफल सक्ने तयारी 

काठमाडौं , प्रतिनिधिसभाको बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ।

छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन्। तर नीति तथा कार्यक्रमका लागि संसद्को क्यालेन्डरमा केवल १ दिन छुट्याइएको छ। अरू त अरू प्रतिनिधिसभा नियमावलीअनुसार प्रिबजेट छलफल पनि बजेट ल्याउनुभन्दा १५ दिन अगावै सक्नुपर्नेमा यसपालि छलफलको सुरुआत नै जेठमा पुर्याइएको छ।

अघिल्लो वर्ष सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि ३ दिन छलफल भएको थियो। तर यसपटक यो छलफल १ दिनका लागि मात्र तोकिएको छ।

आज एक दिन शून्य र विशेष समयमा सांसदहरूले आ–आफ्ना विचार राख्नेछन्, र बुधबार नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने तालिका छ।

आह्वान गरिसकेको प्रतिनिधिसभा बैठक स्थगित गरेर सरकारले ढिलो गरी संसद् बोलाउँदा नीति तथा कार्यक्रम मात्र होइन, अन्य नियमित काम पनि प्रभावित हुने भएको छ।

शुक्रबार जारी भएको संसद्को क्यालेन्डरमा प्रिबजेट छलफलका लागि ४ दिन छुट्याइएको छ। सामान्यतः प्रिबजेट छलफल ३–४ दिनकै हुने भए पनि प्रतिनिधिसभा नियमावलीअनुसार बजेट ल्याउनुभन्दा १५ दिन अगावै यस्तो छलफल सक्नुपर्ने हुन्छ। तर यसपटक समय अभाव देखाउँदै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्थाअनुसार प्रिबजेट छलफलको सुरुआत नै जेठमा पुर्‍याइएको छ। र ६ गते मात्र यो छलफल समाप्त हुनेछ।

राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए।

चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३–०८४ को बजेटसमेत प्रस्तुत हुनेछ। जेठ १५ गते बजेट ल्याउनुपर्नेछ।

प्रकाशित मिति : मंगलबार, बैशाख २९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij