JanataToday.com

Advertisment

SKIP THIS

प्रतिनिधिसभा बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री वालेन्द्र शाह

प्रतिनिधिसभा बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री वालेन्द्र शाह

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा सुरु हुने कार्यसूची रहेको छ ।

आजको बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने भएको छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सोमबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधन प्रस्तावहरू पनि बैठकमा प्रस्तुत गरिनेछ । त्यसपछि सांसदहरूले नीति तथा कार्यक्रमबारे धारणा राख्नेछन् ।

यस्तै, छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले दिने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, बैशाख ३० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij