डोजर आतंकविरुद्ध बुटवलमा सुकुम्वासीको प्रदर्शन , भोलि राष्ट्रिय भेला

डोजर आतंकविरुद्ध बुटवलमा सुकुम्वासीको प्रदर्शन , भोलि राष्ट्रिय भेला

 

बुटवल । सरकारले वर्षौँदेखि बस्दै आएका लालपुर्जाविहीन बस्तीमा डोजर चलाएर आतङ्क मच्चाएको भन्दै बुटवलमा आज सुकुम्वासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीले प्रदर्शन गरेका छन् ।

नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी सङ्घर्ष समिति रुपन्देहीको आयोजनामा आज बुटवलमा प्रदर्शन भएको हो। बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन ट्राफिक चोक पुगेर सभामा परिणत भएको थियो

सङ्घर्ष समितिका संयोजक खगेन्द्र पौडेलले सरकारले विना विकल्प गरिब सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका घर टहरामा डोजर चलाएर उठीबास लगाउने कार्य गरेकाले त्यसको विरोधमा प्रदर्शन गरेको उनले बताए । सङ्घर्ष समितिले भोलि सोमबार बुटवलमा सम्मेलनको आयोजना गरेको छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij