काठमाडौं – सर्वोच्च अदालत प्रशासनले न्यायिक प्रक्रियामा अवरोध सिर्जना गरेको भन्दै नेपाल बार एसोसिएसनले लालटिन बालेर विरोध प्रदर्शन गरेको छ ।
संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी सर्वोच्च प्रशासनले न्यायिक प्रक्रियामा अवरोध सिर्जना गरेको नेपाल बारको जिकिर छ । प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरूले न्यायको खोजी, स्वच्छ प्रक्रियाको खोजी लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सबैका लागि खुला हुनुपर्ने अदालतभित्रै मुद्दा दर्ता नगर्ने, अल्झाएर राख्ने कामको सदैव बारले विरोध गर्ने बताए ।
विगत केही समयदेखि संवैधानिक महत्वका विभिन्न रिट निवेदनहरू सर्वोच्च अदालत प्रशासनबाटै दर्ता नगरी फर्काइएको र त्यसविरुद्ध परेका निवेदन समेत लामो समयसम्म दर्ता नगरी न्यायमार्गमा अवरोध सिर्जना गरिएको बारको आरोप छ ।
यसैगरी, अदालतमा विचाराधीन रहेका विषयमा संसद्मा छलफल भएको प्रति पनि बारले आपत्ति जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्