काठमाडौंः प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न महत्वपूर्ण विधेयकहरूमाथि छलफल र पारित गर्ने कार्यसूची तय भएको छ। संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा निर्वाचन, विधि विज्ञान र विकास वित्तसँग सम्बन्धित विधेयकहरू प्रस्तुत गरिनेछन्।
बैठकमा प्रधानमन्त्री, गृह मन्त्री एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तीनवटा विधेयकहरू प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ। मन्त्री गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रश्तुत गर्नेछिन्।
त्यसैगरी, आर्थिक क्षेत्रसँग सम्बन्धित ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि पनि सदनमा छलफल हुनेछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयकमाथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचीमा उल्लेख छ। विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रश्तुत गरिसकेपछि अर्थ मन्त्री डा. वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा पेश गर्ने संसद सचिवालयले जनाएको छ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ ७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्