पाल्पामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु, एक गम्भीर

पाल्पामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु, एक गम्भीर

 

बुटवल । पाल्पामा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर बिरामी परेका छन्। जिल्लाको रम्भा गाउँपालिका वडा नं. ५ फलकुन बस्ने स्थानीय बासिन्दाहरू जङ्गली च्याउ सेवनका कारण बिरामी परेका हुन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गत जेठ १ गते बेलुका अन्दाजी १८:०० बजे जङ्गलबाट ल्याएको च्याउ खाएपछि उनीहरू बिरामी परेका थिए। च्याउ खाएको भोलिपल्ट (जेठ २ गते) बिहानैदेखि लगातार बान्ता र झाडापखाला लागेपछि उनीहरूलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल, तानसेन ल्याइएको थियो। अस्पतालमा औषधी उपचारकै क्रममा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ६६ वर्षीया बिनीमाया कामु मगरको जेष्ठ ४ गते युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो भने ३५ वर्षीया बालकुमारी खाम्चा मगरको सोही अस्पतालमा ५ गते मृत्यु भएको हो ।

च्याउ खाई बिरामी परेकी सोही स्थानकी ५० वर्षीया यममाया जर्घा मगरको अवस्था भने अझै गम्भीर (सिरियस) रहेको छ। उनको हाल युनाइटेड मिसन अस्पताल तानसेनमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिएका छन् ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ ७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij