काठमाडौँ : सरकारले संविधान संशोधनका विषयमा राय सुझाव उपलब्ध गराउन नागरिकका लागि सार्वजनिक आह्वान गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै नागरिकसँग राय तथा सुझाव माग गरेको हो।
संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलको बैठकले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्न लिखित रूपमा सुझाव संकलन गर्ने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार नेपालको संविधानमा गर्नुपर्ने सुधार एवं संशोधनका विषयमा ७ दिनभित्र सुझाव दिन आग्रह गरिएको छ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्