बुटवल -लुम्बिनी प्रदेश सभामा आज पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुदैछ ।
लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आज बस्ने चौथो बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफल जारी रहने भएको हाे ।
आज शनिबार दिउँसो १ बजे बस्दै गरेको बैठकमा ‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’माथि प्रदेश सभा सदस्यहरूबीच छलफल हुने भएको छ ।
शुक्रबार पनि १० जना प्रदेश सभा सदस्यले छलफलमा भाग लिएका थिए । बैठकमा प्रदेश सभा सदस्यहरूले शून्य समयमा समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूचीमा समावेश रहेको छ
प्रकाशित मिति : शनिबार, जेष्ठ ९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्