प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म विपक्षी दलहरूले संसदमा विरोध जारी राख्ने

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म विपक्षी दलहरूले संसदमा विरोध जारी राख्ने

काठमाण्डौ – विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन नभएसम्म विरोध जारी राख्ने निर्णय गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरू नेकपा (एमाले), नेकपा र राप्रपाका प्रमुख सचेतकको आज बसेको बैठकले विरोध जारी राख्ने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिनुभयो ।

संसदमा प्रधानमन्त्रीले आएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने उहाँले बताउनुभयो । कार्यपालिकालाई संसदप्रति जवाफदेही बनाउनका लागि विपक्षीहरू एकजुट भएर अघि बढ्ने समझदारी भएको उहाँको भनाइ छ ।

सिंहदरबारमा रहेको एमाले संसदीय दल कार्यालयमा बसेको बैठकमा विपक्षमा रहेका चार वटा दलका प्रमुख सचेचक र सचेकतहरू सहभागी थिए ।

प्रतिनिधिसभा नियमावलीमा हप्ताको पहिलो हप्ता कुनै दिन प्रधानमन्त्रीसँग एक घण्टा प्रश्नोत्तरको कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेको छ । नियमावलीअनुसार जेठको पहिलो हप्ता यस्तो प्रश्नोत्तरको कार्यक्रम सञ्चालन हुनुपर्नेमा सभामुखले मिति नतोकेपछि विपक्षी दलहरूले संसदमा अवरोध गर्दै आएका छन् ।

विपक्षीको अवरोधपछि सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्री कार्यालय पुगेर आग्रह गर्दासमेत प्रधानमन्त्री बालेन्द्र शाह प्रश्नोत्तरका लागि आउन मान्नुभएको छैन । प्रतिनिधिसभाको अर्को बैठक पर्सि मङ्गलवार बस्दैछ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ १० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij