बुटवल ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा हिजो दिउँसो बस दुर्घटनामा मृत्यु हुनेहरुप्रति प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंखर पोखरेलले श्रद्धाञ्जली व्यक्त गर्र्नु भएको छ ।
आजशोक विज्ञप्ति जारि गर्दै उनलेमृत्यु हुनेरुप्रति श्रद्धाञ्जली र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको यात्रुबहाक बसहिजो दिउसोसन्धिखर्क नगरपालिका–६ नरपानी रातामाटेमा दुर्घटना हुँदा १९ यात्रुको निधन र १६ यात्रु घाईते भएको खबरले स्तब्ध बनाएको छ । दुर्घटनामा परी मृत्यु गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै, घाईतेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
सडकको क्षमताभन्दा धेरै यातायातका साधनको आवागमन, चालकको लापरवाही, सवारी साधनको अवस्था लगायत विविध कारणले दुर्घटना बढिरहेका छन् । पहाडी क्षेत्रको कठिन भूगोलमा निर्माण गरिएका साँघुरा सडकमा तीब्र गतिमा गाडी हुइँकाउने प्रवतिले पनि दुर्घटनाको जोखिम बढेको छ । दुर्घटनाको कारण पत्ता लगाएर यतिखेर सरकारले सडक विस्तारको कामलाई तीब्र बनाएको छ । चालकलाई दुर्घटना जोखिमबारे सचेत गराइरहने कार्यक्रम चलिरहेको छ ।
बढ्दो दुर्घटनालाई न्युनिकरण र रोकथाम गर्न नसक्ने हो भने आगामी दिनमा नेपाली समाजमा यसले ठूलो समस्या ल्याउने देखिन्छ । तसर्थ प्रदेश सरकारले सडक सुरक्षा कार्यक्रम सञ्चालन गर्दैछ । यो अभियानलाई सफल बनाउन स्थानीय तह, यातायात व्यवसायी, मजदुर लगायत सबै सरोकारवाला निकाय एकताबद्ध भई अघि बढ्न हार्दिक अपील गर्दछु ।
दुर्घटना लगत्तै उद्वारमा खटिएका नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय राजनैतिक दलका नेता, कार्यकर्ता र स्थानीय समुदायको सक्रियता र पहलकदमीको म उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
शंकर पोखरेल
मुख्यमन्त्री

प्रकाशित मिति : बिहिबार, मंसिर १२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्