निजी अस्पतालले सामान्य बिरामीलाई आकस्मिक सेवा दिए दाबी भुक्तानी हुँदैन : बीमा बोर्ड

निजी अस्पतालले सामान्य बिरामीलाई आकस्मिक सेवा दिए दाबी भुक्तानी हुँदैन : बीमा बोर्ड

काठमाण्डाै – सरकारले निजी अस्पताललाई आकस्मिक उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई मात्र स्वास्थ्य बीमाको सुविधा दिन सकिने जानकारी गराएको छ । अन्यथा सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बीमा बापतको रकम दाबी भुक्तानी नदिने स्वास्थ्य बिमा बोर्डले सूचित गरेको छ ।

बोर्डले हिजो सबै निजी सेवा प्रदायक स्वास्थ्य संस्थाको नाममा सूचना निकालेर सामान्य प्रकृतिका बिरामीले पनि अत्यावश्यक सेवा अन्तर्गत निजीमा भर्ना भएको पाइएमा स्वास्थ्य बीमामा दाबी नपुग्ने जनाएको हो । बिरामीको स्वास्थ्य अवस्थामा आकस्मिक उपचार आवश्यक भएको अवस्थामा मात्र निजी अस्पतालबाट दिएको आकस्मिक सेवामा बिमा कार्यक्रम अन्तर्गत दाबी भुक्तानी हुने बोर्डले उल्लेख गरेको छ ।

गएको शनिवारदेखि निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको बोर्डले अबदेखि निजीबाट दिने आकस्मिक भर्नाको दाबी भुक्तानीमा पनि कडाइ गरेको हो । बोर्डले निजी अस्पतालबाट दिने अत्यावश्यकबाहेकका सेवामा स्वास्थ्य बीमाको दाबी भुक्तानीलाई हटाएको छ ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ १९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij