बुधबार, भाद्र २४ २०८३
मंगलबार, जेष्ठ १९ २०८३
उहाँले भन्नुभयाे, ‘प्रधानमन्त्रीज्यूले सीमा विवादसम्बन्धी काम अगाडि बढाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदा आफू अचम्मित परेको बताउनुभएको हो । उहाँले सदनमा पनि यही प्रसङ्ग उल्लेख गर्नुभएको थियो । यस विषयमा परराष्ट्र मन्त्रालयले समेत आफ्नो स्पष्टीकरण दिइसकेको छ । कतिपय ठाउँमा भारतले उपभोग गरिरहेको भूमि नेपालतर्फ पर्न सक्ने र नेपालले उपभोग गरिरहेको भूमि भारततर्फ पर्न सक्ने भन्ने विषय ती संयन्त्रहरूबाट उठेका छन् । यस्ता विषयमा दुई देश बसेर आपसी छलफलमार्फत विवाद समाधान गर्नुपर्छ भन्ने प्रधानमन्त्रीज्यूको धारणा हो । प्रधानमन्त्रीज्यूले विवाद सिर्जना हुने खालको कुनै अभिव्यक्ति दिनुभएको होइन । उहाँले यस्तो कुरा आउँदा म अचम्मित परेँ भन्ने सन्दर्भमा मात्र आफ्नो धारणा व्यक्त गर्नुभएको हो ।’
प्रवक्ता पोखरेलले प्रधानमन्त्री शाह सरकारप्रति उत्तरदायी रहनुभएको पनि बताउनुभयाे । प्रधानमन्त्रीले आइतवार सदनमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनुभएको र आवश्यकता परे पुनः सदनमा उपस्थित भएर जवाफ दिने उहाँकाे भनाइ छ ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ १९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७ सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७ प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३ तिलोत्तमा नगरपालिका-२, रुपन्देही इमेल : [email protected]
अध्यक्ष तथा प्रबन्ध निर्देशक सिता गौतम बराल सम्पादक फूलमाया सुनार
© 2026 janatatoday.com All Right Reserved | Site by : sobij
प्रतिक्रिया दिनुहोस्