नेपाली क्रिकेट टोली एशियाली खेलकुदमा छनोट

नेपाली क्रिकेट टोली एशियाली खेलकुदमा छनोट

काठमाण्डाै – नेपाली पुरुष क्रिकेट टोली जापानको नागोयामा हुने एशियाली खेलकुदमा छनोट भएको छ । सिङ्गापुरमा आज भएको समूह ‘ए’ को खेलमा मलेशियाले चीनलाई हराएपछि मलेशियासँगै नेपाल पनि छनोट भएको हो ।

चीनले दिएको ८५ रनको लक्ष्य मलेशियाले ७ ओभर ५ बलमा १ विकेट गुमाएर भेटायो । मलेशियाका मोहम्मद हाजिक आइमानले नटआउट ४४ रन बनाए । चीनका तियान सेन क्युनले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको चीनले २० ओभरमा ९ विकेट गुमाएर ८४ रन बनायो । चीनका जोङ्ग युएचाओले २९ रन बनाए । मलेशियाका विजय उन्नीले ४ विकेट लिए ।

यसअघि आइतवार भएको खेलमा नेपालले चीनलाई २२१ रनले हराएको थियो । अब पर्सि हुने नेपाल र मलेशियाबीचको खेलले समूह विजेता टुङ्गो लाग्नेछ । समूह ‘बी’ बाट सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी छ ।

कतारले नाम फिर्ता लिएपछि समूह ‘ए’ मा नेपाल, मलेशिया र चीन रहेका हुन् । समूह ‘बी’ मा बहराइन, हङकङ, ओमान र सिङ्गापुर छन् । समूहका शीर्ष दुई टोली एशियाली खेलकुदमा छनोट हुने प्रावधान छ ।

नेपाली महिला क्रिकेट टोली भने एशियाली खेलकुदमा छनोट हुन असफल भएको थियो ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ १९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij