एसियन गेम्स छनाेट: ओमानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

एसियन गेम्स छनाेट: ओमानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौंः सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ।

सिंगा ओभल ग्राउन्डमा आज विहान भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको जित हासिल गरेको हो। ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेटको क्षतिमा पूरा ग¥यो।

नेपालका लागि लोकेश बमले सर्वाधिक ४४ रन बनाएर अविजित रहे। रोहित पौडेल २१ रनमा अविजित रहे। त्यसअघि कुशल भुर्तेलले २० अनि आसिफ शेखले १ रन बनाए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा अलआउट हुँदै ९४ रन बनाएको थियो। ओमानका लागि कप्तान सुफिया मेहमुदले सर्वाधिक ३८ रन बनाए। जुबेर अली अकबरले २२ रन बनाए।

नेपालका लागि करण केसीले ३ विकेट लिए। सोमपाल कामी, सन्दीप लामिछानेले २–२ विकेट लिए। शाहब आलम, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लले १–१ विकेट लिए।

नेपालले फाइनलमा हङकङ र मलेसियाबीचको विजेतासँग खेल्नेछ। हङकङ र मलेसियाबीच दिउँसो सवा १२ बजेदेखि खेल हुनेछ। नेपालसहित सेमिफाइनल पुगेका चारवटै टोली एसियन गेम्सका लागि छनोट भइसकेका छन्।

प्रकाशित मिति : आइतबार, जेष्ठ २४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij