काठमाडौँ – देशका पहाडी तथा हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी र हिमाली क्षेत्रमा मौसम बदली भई मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।
आज कोशी प्रदेशका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशमा आगामी केही दिनसम्म मध्यम वर्षा जारी रहने अनुमान गरिएको छ।
साप्ताहिक मौसम पूर्वानुमानअनुसार आउँदो शुक्रबार र शनिबार कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।
यता, तराई क्षेत्रमा भने तातो हावाको प्रभाव बढ्ने देखिएको छ। मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा मध्यम खालको तातो लहर चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा अत्यधिक गर्मी महसुस हुने अर्थात् ‘तातो दिन’को अवस्था रहने अनुमान गरिएको छ।
महाशाखाले वर्षा तथा तातो लहरबाट प्रभावित हुन सक्ने क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रकाशित मिति : आइतबार, जेष्ठ २४ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्