JanataToday.com

Advertisment

SKIP THIS

रुपन्देहीको तिलोत्तमा नगरपालिकालाइ प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरिदै

रुपन्देहीको तिलोत्तमा नगरपालिकालाइ प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरिदै

तिलोत्तमा

माघ १० गते तिलोत्तमा नगरपालिकालाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरिने भएको छ ।तिलोत्तमा नगरपालिका क्षेत्रलाई राष्ट्रियस्तरबाटै प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्ने दृढ संकल्प सहित आगामी माघ १० गते करिव दुई घण्टासम्म चल्ने सामूहिक कक्षामा स्कुल तथा कलेजका विद्यार्थीहरुलाई विश्वको बढ्दो चिन्तन जलवायू परिवर्तन सम्बन्धी प्रशिक्षण दिइने भएको हो ।
वातावरणसम्बन्धी आम मानिसमा चेतना फैलाउन रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १५ हजार विद्यार्थीहरुलाई सहभागी गराएर सामूहिक कक्षा सञ्चालन गरिने भएको छ ।
सीम नेपालको संयोजनमा करिव दुईसय स्वयंसेवकको रोहवरमा तिलोत्तमा नगरपालिकाका हरेक समुदायका अभिभावक, विद्यार्थीहरुले प्लाष्टिकजन्य फोहर संकलन सुरु गरेका छन्।
कार्यक्रममा पाँचहजार बुद्धिजीवीहरुलाई समेत सहभागी गराइने  छ । कृषिभूमि, खोला, नदी, बाटो, गल्ली, वनजंगल, खोल्सा, पोखरी, नाला लगायत सम्पूर्ण प्लाष्टिक जन्य पदार्थलाई संकलन गर्ने उद्देश्यले यो अभियान चलाइएको शुक्रबार मणिग्राममा आयोजित पत्रकार सम्मेलनमा वातावरणविद एवं अभियान्ता निमेश ढकालले जानकारी दिनुभयो । रुपन्देही जिल्लाका हरेक स्कुलका विद्यार्थीहरु सहभागी हुने यो कार्यक्रममा उपस्थित विद्यार्थीले एक झोला प्लाष्टिकजन्य फोहर लिएर मात्र प्रवेश गर्नुपर्ने बताईएको छ ।
त्यस्तै तिलोत्तमाका हरेक वडाका ८५ सामुदायिक तथा निजी विद्यालयमा ग्रिनरी नेपालले गरिरहेको कार्यक्रमलाई पनि निरन्तरता दिइने छ । हरेक वडाका टोलविकास समितिहरुसँग समन्वय गरी प्रत्येक बिहान सरसफाई कार्यक्रम गरिने वातावरणविद ढकालले बताउनुभयो ।उहाका अनुसार यो कार्यक्रमले गिनिज वल्र्ड रेकर्डमा दर्ता भएर विश्वकिर्तीमान कायम रहने छ ।

यही कार्यक्रमबाट वातावरण विद ढकालको निर्देशनमा सम्पन्न हुने यो कार्यक्रम व्यवस्थित, मर्यादित र राष्ट्रिय गौरवको बिषय बन्ने तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताउनुभयो । तिलोत्तमा नगरपालिका यसअघि नै प्लाष्टिकमुक्त नगर घोषणा भएपनि राष्ट्रियस्तरमै गरिने घोषणाबाट देशव्यापी सन्देश जाने बिश्वास लिएको बताउनुभयो ।यो अभियानलाइ सफल पार्न सबैको सहयोगको अपेक्षा गरिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताउनुभयो । कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरी, प्रदेश पाँचका नगरपालिका तथा गाउँपालिकाका प्रमुख र उपप्रमुख, सांसद, बुद्धिजीवी लगायत सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : शुक्रबार, मंसिर १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij