बुटवलबाट काठमाडौं जाँदै गरेको बसबाट भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

बुटवलबाट काठमाडौं जाँदै गरेको बसबाट भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

 

बुटवल । प्रहरीले भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद गरेको छ । बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख ६५६६ नम्बरको यात्रुवाहक बसबाट प्रहरीले अन्दाजी रु सात लाख बराबरको आइफोन मोबाइल बरामद गरेको हो ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टमा बुटवलबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएका संयुक्त प्रहरी टोलीले कालो झोलामा राखी ल्याइएको बिलबिजक बिनाका उक्त आइफोन मोबाइल बरामद गरिएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

प्रहरीले बरामद मोबाइल फोन त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा दाखिला गरेको प्रहरी उपरीक्षक भट्टराईले बताए

प्रकाशित मिति : बिहिबार, जेष्ठ २८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij