तिलोत्तमा, रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ को आयोजनामा आदिवासी जनजाती समुदायका ब्यक्तिहरुलाई एक महिने बाजा बजाउने तालिम कार्यक्रमको समापन गरेको छ ।
समापन कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले बौल्दै तालिमले कला संस्कृतिको जगेर्ना गर्दे आर्थिक विकास र ब्यावसायिक बनाउने भन्दै वडा गरेको तालिममा सिकेको ज्ञानले समाजलाई पेशाका रुपमा अगाडी बढ्न सुझाव दिनुभयो ।
समापन कार्यक्रममा उपप्रमुख जागेश्वरी चौधरीले तालिममा सहभागिले प्रस्तुत गरेको बाजा बजाएको सुनेर अन्य तालिम भन्दा फरक र सहभागि ब्यवसायी बन्न सक्ने हुनाले तालिम उपलब्धीमूलक हुने बताउदै नगरपालिकाले दिने तालिम नगरबासीको चाहना र माग अनुुसार गरिने बताउनुभयो ।
वडा अध्यक्ष कल्याण पौडेलले तालिममा सहभागी तथा प्रशिक्षकलाई टोल समाजमा गएर आर्थिक र ब्यवसायी बन्ने विश्वास ब्यक्त गर्दे आगामी दिनमा वडाबासीको माग अनुुसारका तालिम प्रदान गरिने बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य लक्ष्मी घिले,जनजाती महासंघ वडा नम्बर ३ संयोजक हेमा सारु,प्रशिक्षार्थी तथा सचिव गीता राना लगायतले बोल्दै तालिमले पेशाकर्मी बन्न सहयोग पुग्ने र कला संस्कृतिको जगेर्ना 
गर्ने बताए ।
कार्यक्रमको संचालन वडा सचिव गोकुल गिरीले गर्नुभएको थियो
एक महिने तालिम जेठ १ गतेदेखि शुरु गरिएको र तालिमको प्रशिक्षण धन बहादुर दगामी मगर र धनराज सोनमले प्रदान गर्नुभएको र तालिम पश्र्चात बाजा समेत निशुल्क प्रदान गरिएको वडा सचिव गोकुल गिरीले बताउनुभयो ।
प्रकाशित मिति : आइतबार, जेष्ठ ३१ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्