मिडिया क्षेत्र कमजोर हुँदा लोकतन्त्रमाथि खतरा बढ्छ : मुख्यमन्त्री आचार्य

मिडिया क्षेत्र कमजोर हुँदा लोकतन्त्रमाथि खतरा बढ्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्र लोकतन्त्रको मेरुदण्ड भएकाले यसको संरक्षण, प्रवर्द्धन र सुदृढीकरणमा प्रदेश सरकार सधैँ प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले सञ्चारमाध्यममाथि भइरहेको आर्थिक नाकाबन्दी हटाउन माग गर्दै लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्रको मूल गेटमा धर्ना दिएपछि मुख्यमन्त्री आचार्यसँग भएको भेटघाटमा उनले पत्रकारहरूको जायज मागप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए ।

मुख्यमन्त्री आचार्यले मिडिया क्षेत्र कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुने र निरंकुशता हावी हुने खतरा बढ्ने उल्लेख गर्दै सही र गलत विषयबारे जनतालाई सचेत गराउने तथा समाजको आँखा खोल्ने महत्वपूर्ण भूमिका सञ्चार क्षेत्रले निर्वाह गरिरहेको जनाए ।

उनले संघीय सरकारले जारी गरेको विज्ञापन सम्बन्धी परिपत्रका कारण निजी सञ्चारमाध्यमहरू समस्यामा परेको उल्लेख गर्दै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै दिने व्यवस्था व्यवहारिक नभएको बताए ।

भेटघाटका क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह, लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं, दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीलगायतले सञ्चार क्षेत्रले भोगिरहेका समस्या तथा आर्थिक संकटका विषयमा धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण महासंघका प्रदेश महासचिव पाण्डवप्रसाद शर्माले गरेका थिए ।

प्रकाशित मिति : सोमबार, असार १ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij